दिसा गरेपछि पनि पूरा भएजस्तो लाग्दैन… पेट फुलेको जस्तो हुन्छ… खाना पनि राम्ररी पच्दैन।

६ हप्ताको गर्भावस्थामा रहेकी एक आमाले आफ्नो समस्या यसरी share गर्नुभयो।

“दिसा गर्न गाह्रो हुन्छ, गरेपछि पनि अझै अड्किएजस्तो लाग्छ। पेट फुलेको जस्तो हुन्छ। खाना खाएपछि पनि राम्रोसँग पचेको जस्तो हुँदैन।”

यी लक्षणहरूलाई बुझौं।

गर्भावस्थाको सुरुवाती समयमा शरीरमा हुने hormonal changes ले आन्द्राको movement केही ढिलो बनाउन सक्छ। त्यसैले कब्जियत, दिसा कडा हुनु, दिसा गर्दा जोर लगाउनुपर्ने वा दिसा पूरा नभएजस्तो महसुस हुनु हुन सक्छ। पेट फुल्ने र अपचजस्तो महसुस पनि सँगै हुन सक्छ।

त्यसैले यस्तो समस्या हुँदा डराएर बस्नुभन्दा समयमै सही जानकारी र उचित counseling लिनु महत्वपूर्ण हुन्छ।

के गर्न सकिन्छ?

• पर्याप्त पानी/तरल पदार्थ लिनुहोस्।
• सागसब्जी, फलफूल, दाल, गेडागुडी र whole grains जस्ता fibre-rich खाना खानुहोस्।
• स्वास्थ्यकर्मीले रोक्नुभएको छैन भने नियमित हल्का हिँडडुल गर्नुहोस्।
• दिसा लाग्दा धेरै बेर नरोक्नुहोस्।
• दिसा गर्दा धेरै जोर नलगाउनुहोस्।
• स्वास्थ्यकर्मीको सल्लाहबिना औषधि नखानुहोस्।

अनि एउटा कुरा…

गर्भावस्थामा शरीरमा आउने हरेक नयाँ परिवर्तनले मनमा धेरै प्रश्न ल्याउन सक्छ।
“यो सामान्य हो कि होइन?” “केही समस्या त छैन?”

यस्ता प्रश्न मनमै राखेर चिन्तित हुनुभन्दा स्वास्थ्यकर्मीसँग share गर्नुहोस्। सही समयमा सही counseling ले अनावश्यक डर कम गर्न र आवश्यक परे समयमै care लिन सहयोग गर्छ।

तर धेरै पेट दुख्ने, रक्तस्राव हुने, लगातार बान्ता हुने, अत्यधिक कमजोरी हुने वा लक्षण झन् बढ्दै जाने अवस्था भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।

हजुरहरूको प्रश्न, हजुरहरूको स्वास्थ्य—Aamakomaya सँग share गर्नुहोस्।

गर्भावस्था | डेलिभरी | नवजात शिशु | मातृ तथा शिशु स्वास्थ्य