गर्भावस्थामा खतरा संकेत

गर्भावस्थामा यीमध्ये कुनै संकेत देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्:

• योनीबाट रक्तस्राव हुनु
• धेरै पेट दुख्नु वा कडा टाउको दुख्नु
• आँखा धमिलो देखिनु
• हात, अनुहार वा शरीर असामान्य रूपमा सुन्निनु
• पानी बग्नु
• बच्चाको चाल कम हुनु वा महसुस नहुनु
• ज्वरो आउनु वा सास फेर्न गाह्रो हुनु

समयमै पहिचान र उपचारले आमा र शिशुको जीवन बचाउन मद्दत गर्छ।