गर्भधारणको योजना बनाउँदै हुनुहुन्छ?

स्वस्थ गर्भावस्थाको सुरुवात गर्भ बस्नुअघि नै हुन्छ।

Preconception Check-up भनेको गर्भधारण गर्नुअघि श्रीमान् र श्रीमती दुवैले आफ्नो स्वास्थ्य अवस्था जाँच गराई, सम्भावित जोखिम पहिचान गर्ने र स्वस्थ गर्भावस्थाका लागि तयारी गर्ने प्रक्रिया हो।

गर्भधारणको योजना बनाउनुअघि चिकित्सकसँग परामर्श गर्नुहोस्।
यसले तपाईंको स्वास्थ्य अवस्था, आवश्यक परीक्षण, औषधि, खोप र जीवनशैली सुधारबारे सही मार्गदर्शन प्राप्त गर्न मद्दत गर्छ।

श्रीमतीका लागि आवश्यक परीक्षण

CBC (रगत परीक्षण) – रक्तअल्पता (Anemia) वा संक्रमण छ कि छैन जाँच गर्न।

Blood Group र Rh Factor – भविष्यमा आवश्यक पर्न सक्ने जानकारीका लागि।

रक्तमा चिनी (Blood Sugar) – मधुमेहको जोखिम भए/नभएको जाँच गर्न।

HIV, Hepatitis B (HBsAg) र Syphilis (VDRL/RPR) – गर्भावस्था र शिशुलाई असर गर्न सक्ने संक्रमण पत्ता लगाउन।

Urine Routine Test – पिसाबको संक्रमण (UTI) भए/नभएको जाँच गर्न।

TSH (थाइराइड परीक्षण) – थाइराइडको समस्या, लक्षण वा गर्भ रहन कठिनाइ भएमा।

Folic Acid 400 mcg – गर्भधारणभन्दा कम्तीमा १ महिना अगाडिबाट दैनिक सुरु गर्नुहोस्।

श्रीमान्का लागि आवश्यक परीक्षण

HIV, Hepatitis B र Syphilis परीक्षण।

Semen Analysis (वीर्य परीक्षण) – गर्भ रहन कठिनाइ भएमा चिकित्सकको सल्लाह अनुसार-

(यदि १ वर्षसम्म गर्भ नरहेमा, वा श्रीमतीको उमेर ३५ वर्ष वा बढी भए ६ महिनापछि)

गर्भधारणअघि अपनाउने बानी

  • सन्तुलित र पोषिलो आहार खानुहोस्।
  • धूम्रपान, मदिरा र सुर्तीजन्य पदार्थ त्याग्नुहोस्।
  • नियमित व्यायाम गर्नुहोस्।
  • स्वस्थ तौल कायम राख्नुहोस्।
  • दीर्घरोग वा नियमित औषधि सेवन भए चिकित्सकसँग परामर्श लिनुहोस्।
    आवश्यक खोपहरू पूरा गर्नुहोस्।

किन आवश्यक छ?

:check_mark: गर्भधारणअघि स्वास्थ्य समस्या पहिचान गर्न।
:check_mark: स्वस्थ गर्भावस्था र स्वस्थ शिशुको सम्भावना बढाउन।
:check_mark: गर्भावस्थामा हुन सक्ने जटिलताको जोखिम कम गर्न।