counselling गर्दा एक दिन एउटी गर्भवती आमाले चिन्तित हुँदै भन्नुभयो—
“ मलाई pregnancy अघि देखि thyroid छ। अहिले pregnancy भएपछि धेरै डर लागिरहेको छ। मेरो thyroid ले बच्चालाई असर गर्छ कि?”
मैले उहाँको कुरा सुनेँ र भनेँ—
Thyroid भएको मात्र कारणले डराउनुपर्दैन। तर pregnancy मा यसलाई नियमित रूपमा monitor गर्नु चाहिँ धेरै महत्वपूर्ण हुन्छ।
गर्भावस्थामा आमाको thyroid hormone ले आमाको स्वास्थ्यसँगै बच्चाको growth र development मा पनि भूमिका खेल्छ।
त्यसैले pregnancy confirm भएपछि आफ्नो thyroid status बारे healthcare provider लाई जानकारी दिनु र आवश्यक TSH तथा Free T4 जाँच गराउनु महत्वपूर्ण हुन्छ।
उहाँले फेरि सोध्नुभयो—
Medicine चाहिँ अब बन्द गरौँ कि?
मैले सम्झाएँ—
“आफैं बन्द नगर्नुहोस्। Pregnancy मा thyroid medicine को आवश्यकता परिवर्तन हुन सक्छ। तपाईंको blood test र अवस्था हेरेर doctor ले dose मिलाउनुहुन्छ।”
अनि उहाँले अर्को कुरा सम्झिनुभयो—
“मलाई iron र calcium पनि दिइएको छ। सबै medicine एकैचोटि खाइरहेकी छु।”
यहाँ पनि ध्यान दिनुपर्ने रहेछ।
Iron र calcium ले levothyroxine को absorption कम गर्न सक्छ, त्यसैले सामान्यतया यी medicine बीच कम्तीमा 4 घण्टाको अन्तर राखिन्छ।
अन्त्यमा उहाँको अर्को डर थियो—
“मेरो TSH अरूको भन्दा फरक छ। मेरो बच्चालाई असर भइसकेको हो?”
मैले भनेँ—
“एउटा TSH number मात्र हेरेर यस्तो निष्कर्ष निकाल्न मिल्दैन। Pregnancy को कुन हप्ता हो, laboratory को reference range, Free T4, TPO antibody र तपाईंको medical history समेत हेर्नुपर्छ।”
उहाँको अनुहारमा अलि सहजता देखियो।
त्यसैले हरेक आमालाई एउटा कुरा सम्झाऔँ—
Thyroid भएको भन्दै डराउनु पर्दैन।
तर thyroid लाई ignore पनि नगर्नुहोस्।
नियमित test, prescribed medicine र healthcare provider को follow-up नै महत्वपूर्ण हुन्छ।