PCOS (Polycystic Ovary Syndrome) हार्मोन असन्तुलन भएको अवस्था हो, जसले महिनावारी चक्र, अण्डोत्सर्जन र प्रजनन स्वास्थ्यमा असर गर्न सक्छ।
डिम्बाशयमा के हुन्छ?
सामान्य अवस्थामा, डिम्बाशयमा एउटा अण्डा पूर्ण रूपमा विकसित भएर निस्किन्छ।
PCOS मा धेरै साना फोलिकलहरू बन्न सक्छन्, तर ती पूर्ण रूपमा विकसित हुँदैनन्।
सामान्य लक्षणहरू
-
अनियमित महिनावारी: महिनावारी समयमा नहुनु, धेरै ढिलो हुनु, वा हराउनु।
-
अनावश्यक रौं: अनुहार, छाती, पेट, वा ढाडमा बाक्लो रौं आउनु।
-
अनुहारमा डन्डिफोर: हर्मोन असन्तुलनका कारण अनुहारमा लगातार डन्डिफोर आउनु।
-
तौल बढ्नु: अचानक र तीव्र रूपमा तौल बढ्नु वा तौल घटाउन गाह्रो हुनु।
-
बाँझोपन (Infertility): डिम्ब (egg) समयमा ननिस्कने हुनाले गर्भधारण गर्न समस्या हुनु।
-
टाउकोको कपाल झर्नु: टाउकोको कपाल पातलो हुनु वा झर्नु।
-
छाला कालो हुनु: घाँटी, काखी, वा तिघ्राको छाला कालो हुनु।
उपचार र व्यवस्थापन
- स्वस्थ जीवनशैली: सन्तुलित आहार, नियमित व्यायाम
- मेडिकल सपोर्ट: यदि अनियमित महिनावारी, गर्भधारण समस्या वा अन्य लक्षण देखिन्छ भने स्त्रीरोग विशेषज्ञको परामर्श
- हार्मोनल/औषधीय व्यवस्थापन: आवश्यक भएमा डाक्टरले दिन सक्छन्
- मानसिक स्वास्थ्य: तनाव कम गर्ने उपाय, समर्थन समूह
सन्देश: PCOS सामान्य छ र तपाईंको शरीर कमजोर छैन। यसलाई बुझेर, सन्तुलित जीवनशैली र समयमै हेरचाहले राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ
