महिनावारी (Menstruation) को पहिलो अनुभव: जानकारी र सहयोगको आवश्यकता"

महिनावारी भनेको ११–१४ बर्षको उमेरमा हुने सामान्य प्राकृतिक प्रक्रिया हो । कसैकसैमा एक दुई वर्ष ढिला चाँडो हुन सक्छ । महिनावारीको समयमा रगत बग्नु सामान्य कुरा हो । यो सामान्य प्रक्रिया ५–७ दिनसम्म हुन्छ। त्यसैले डराउन पर्दैन ।
पहिलोपटक महिनावारी हुँदा घरमा भए परिवारका सदस्यलाई, विद्यालयमा भए साथी वा शिक्षक शिक्षिकालाई जानकारी गराई सहयोग लिनुपर्छ ।