भ्रूणको विकास (२७ हप्ता)
-
तौल: करिब 900 ग्राम
-
लम्बाइ: करिब 36–37 से.मी.
-
फोक्सो, मस्तिष्क र स्नायु प्रणालीको विकास तीव्र रूपमा भइरहेको हुन्छ।
-
बच्चाले आँखा खोल्ने–बन्द गर्ने, आवाजमा प्रतिक्रिया दिने तथा नियमित रूपमा चल्ने गर्छ।
सामान्य लक्षणहरू
-
बच्चाको चलाइ बढ्नु
-
ढाड दुख्नु
-
पेट तन्किनु
-
छाती पोल्नु
-
बारम्बार पिसाब लाग्नु
-
कब्जियत
-
खुट्टा हल्का सुन्निनु
-
निद्रा समस्या
-
हल्का Braxton Hicks contraction
आवश्यक परीक्षणहरू
-
रक्तचाप (BP)
-
तौल (Weight)
-
पिसाब परीक्षण (Protein, Sugar)
-
Gestational Diabetes Screening (75 g OGTT वा MoHP अनुसार GCT/OGTT) (24–28 हप्ताभित्र)
-
Hemoglobin (आवश्यक परे)
USG
-
27 हप्तामा नियमित USG सबैलाई आवश्यक हुँदैन।
-
चिकित्सकले आवश्यकता अनुसार मात्र Growth Scan वा अन्य USG सिफारिस गर्न सक्छन्।
घरमै गर्ने हेरचाह
-
सन्तुलित तथा पोषणयुक्त खाना खाने।
-
दैनिक 2–3 लिटर पानी पिउने।
-
Iron, Calcium तथा चिकित्सकले दिएको औषधि नियमित खाने।
-
बच्चाको दैनिक चलाइमा ध्यान दिने।
-
बायाँ करवट सुत्ने।
-
हल्का हिँडडुल वा सुरक्षित व्यायाम गर्ने।
-
पर्याप्त आराम र निद्रा लिने।
-
धूम्रपान, मदिरा तथा सुर्तीजन्य पदार्थबाट टाढा रहने।
अस्पतालमा नियमित भेट
- 28 हप्तामा नियमित ANC जाँच गराउने।
तुरुन्त अस्पताल जानुपर्ने अवस्था
-
बच्चाको चलाइ कम वा बन्द भएमा
-
योनीबाट रगत आएमा
-
पानी बगेमा
-
तीव्र पेट दुखाइ वा नियमित contraction भएमा
-
धेरै टाउको दुख्ने वा आँखा धमिलो हुने
-
अनुहार वा हात धेरै सुन्निने
-
ज्वरो वा सास फेर्न गाह्रो हुने
