Normal delivery पछि कहिलेकाहीँ बच्चा जन्माउने बाटो (perineum) मा सानो चिरा (episiotomy) लगाइन्छ, जसलाई सिलाउन टाँका (stitch) लगाइन्छ। यी टाँकाहरू प्रायः आजकल absorbable sutures हुन्छन्, जसलाई निकाल्नुपर्दैन।
यी टाँकाहरू शरीरभित्रै आफैं बिस्तारै गल्छन्। सामान्यतया 7–14 दिनभित्र टाँका गल्न सुरु हुन्छ र 2–3 हप्ताभित्र पूर्ण रूपमा absorb भएर हराउँछ। यस समयमा घाउ बिस्तारै निको हुँदै जान्छ र दुखाइ पनि कम हुन्छ।
यदि संक्रमण छैन भने यो एक प्राकृतिक healing process हो। तर यदि अत्यधिक दुखाइ, सुन्निने, रातोपन, पिप वा दुर्गन्ध जस्ता समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीलाई देखाउनु आवश्यक हुन्छ।
Normal healing timeline:
-
Day 1–3: दुखाइ, सुन्निनु सामान्य
-
Day 4–7: घाउ बन्द हुन थाल्छ
-
Day 7–10: धेरैजसो healing राम्रो
-
Day 10–14: stitch धेरैजसो गलिसकेको हुन्छ
-
2–3 weeks: पूर्ण रूपमा absorb/ disappear
-Perineal stitch निकाल्नुपर्ने हुँदैन, यो आफैं 2–3 हप्ताभित्र हराएर जान्छ।